×

नेहा मन्जु फाउण्डेसन द्वारा इटहरी साइ सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग

images


काठमाडौं : नेहा मन्जु फाउण्डेसन द्वारा बरिष्ट समाजसेवी नेहा मन्जु गुरुङको पहलमा बुद्ध जयन्तिको उपलक्ष्यमा इटहरी साइ सेन्टरको भवन निर्माणको लागि इजरायललाइ कर्मथलो बनाएका ३० जना समाजसेवीहरु मार्फत रु  १,२५०००( एक लाख पच्चीस हजार) नगद समाजसेवी अञ्जना भण्डारी भट्टराई द्वारा इटहरी साइ सेन्टरकि अध्यक्ष निर्मला श्रेष्ठलाइ एक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको छ।

बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी बरिष्ठ समाजसेवी नेहा मंजु गुरुङ आध्यात्मिक व्यक्तित्व हुन्। श्री सत्य साइ सिमलचौर सेन्टर पोखराकि संस्थापक अध्यक्ष, श्री सत्य साइ इन्टरनेसनल अर्गाइनेसन इजराइलको अध्यक्ष, नेपाली नारि आवाज इजराईलकि अध्यक्ष समेत रहेकी नेहा मंजु फाउण्डेसनकि संस्थापक अध्यक्ष नेहाले नेहा मंजु फाउण्डेसन मार्फत नेपालमा रहेका दर्जनौ अनाथ आश्रमहरुमा आर्थिक, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडा लगायातका सामग्रीहरु सहयोग गर्दै आएको छ।त्यसैगरी विभिन्न धार्मिक संघ संस्थाहरु धार्मिक कार्यक्रमको लागि समेत सहयोग गर्दै आएकी छिन। भबिष्यमा पनि समाजसेवामा निरन्तर लागिरहने र दुखि पिडितको सेवामा लागि रहने कुरा समाजसेवी तथा नेहा मंजु फाउण्डेसनकि अध्यक्ष नेहा मंजु गुरुङले जानकारी गराईन।

बिदेशी भूमिमा बसेर सदैब नेपालीहरुको सेवा-सहयोगमा जुटेकी उनि सबै माझ परिचित छिन। उनि विभिन्न अवसरमा फरक फरक ठाउँमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउछिन । समाजसेवामा अग्रसर रहने मन्जुले आगामी दिनहरुमा पनि यस्तै सहयोग जारी राख्ने बताएकि छन ।
 

सोमबार २५ बैशाख २०८० ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया