×

कुशासन, भ्रष्टाचारको विषयलाई लिएर नागरिकहरुमा ठूलो प्रश्न छ, ठूलो निराशा छ – महामन्त्री थापा

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकार बनाउनुको पछाडि निश्चित उद्देश्यहरु रहेको बताएका छन् । आफूहरु ‘संविधान संशोधन गर्छौं, सुशासन दिन्छौं, असन्तुष्टि चिर्छौं’ भनेर सरकारमा गएको उनले बताए ।

कांग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारमा जानुको उद्देश्यअनुरुप यसले काम गर्न भने नसकेको बताए । उनले सरकारले कामको गति लिनै नसकेको टिपपणी गरे ।

आफूले सरकारको गति पुगेन भनेर प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सभापति शेरबहादुर देउवासहित दुई दलीय संयन्त्रको बैठकमा समेत भनिरहेको उनले बताए । महामन्त्री थापाले आफूहरु जिम्मेवारीका नाममा नचाहिने बोझबाट थिचिइरहन नसक्ने बताए ।

उनले घाम–जुन रहेसम्म यो सरकार रहन्छ भनेर लाग्न नहुने पनि बताए । खासगरी संविधान संशोधन, कुशासन, भ्रष्टाचारको विषयलाई लिएर वर्तमान सरकार बनेको भएपनि नागरिकको माझमा अहिले पनि ठूलो प्रश्न र निराशा बाँकी नै रहेको उनको बुझाइ छ ।

‘हामी सरकारमा रहन्छौं, छौं । तर, हामी सरकारमा रहँदै गर्दा यो सरकार घाम–जुन रहेसम्म सरकार रहन्छ भन्ने ढङ्गबाट होईन । यो सरकार बनाउनुको पछाडि निश्चित उद्देश्य थियो, त्यो उद्देश्यको कसीमा हामी सफल भएका छौं कि छैनौं भन्ने कुरालाई हामीले प्रत्येक पलमा हेर्नुपर्ने छ । खासगरीकन कुशासन, भ्रष्टाचारको विषयलाई लिएर नागरिकहरुमा ठूलो प्रश्न छ, ठूलो निराशा छ,’– महामन्त्री थापाले भने ।

मङ्गलबार २५ चैत २०८१ ०८:०२ PM मा प्रकाशित

प्रतिक्रिया