×

२ सय ६८ थान नक्कली नोटसहित एक जना पक्राउ

images


काठमाडौं । बरहथवा नगरपालिका–१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एकजना पक्राउ परेको छ । 
पक्राउ पर्नेमा बलरा नगरपालिका–५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद राय रहेका छन् । 
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राम प्रसादको साथबाट उक्त नोट, कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डलसहित फेला पारी पक्राउ गरेको हो । 
साथै उक्त स्थानबाट बिआर ३० ए ५९६८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

शनिबार २५ चैत २०७९ ०६:३२ PM मा प्रकाशित

प्रतिक्रिया