×

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

images

 काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अनुसन्धानको सिलसिलामा पक्राउ पुर्जी  जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ । अदालतले पक्राउ पूर्जी जारी गरिसकेको भए पनि उनीहरू नेपालमा नभएकोले पक्राउ गरिएको छैन । हाल देउवा दम्पत्ति विदेशमा छन् ।

  • अनुसन्धानको कारण: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीसहित पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध पनि सम्पत्ति र आयस्रोतको अवैधता बारे अनुसन्धान सुरु गरेको छ।
  • वर्तमान अवस्था: देउवा परिवार हाल विदेशमा रहेको बताइएको छ। पारिवारिक स्रोतका अनुसार उनीहरू उपचारका लागि हङकङमा छन्, जहाँ शेरबहादुर देउवाको फलोअप र आरजु राणाको घुँडाको शल्यक्रिया हुने भनिएको छ।
  • प्रहरीको तयारी: प्रहरीले अनुसन्धान प्रक्रिया जारी रहेको र आवश्यक परेमा इन्टरपोल (Interpol) र रेड नोटिस (Red Notice) मार्फत उनीहरूलाई स्वदेश फर्काउने तयारी गरिरहेको जानकारी दिएको छ।
बुधबार २५ चैत २०८२ ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया