×

एक हजार रुपौयाँले घट्यो सुनको मूल्य

images

 


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । प्रतितोला एक हजार रुपैयाँले घटेर सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ । 

त्यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा

१ लाख २ हजार रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम छ ।

 

बुधबार २४ फागुन २०७९ १२:४६ PM मा प्रकाशित

प्रतिक्रिया