×

तीनपटक भए तयार, तरपनि लता मंगेशकरलाई अन्तिम विदाई दिन गएनन् धर्मेन्द्र

images

काठमाडौँ : दिग्गज गायिका लता मंगेशकरको निधनले थुप्रै सेलिब्रिटीलाई गहिरो झट्का दिएको छ । तिनैमध्ये एक हुन् बलिउड अभिनेता धर्मेन्द्र । लता मंगेशकरसँग विशेष सम्बन्ध राख्ने धमेन्द्र उनको अन्तिम संस्कारमा देखिएका थिएनन् । जबकी उनी लता मंगेशकरलाई अन्तिम विदाई दिनका लागि तीनपटक तयार भएका थिए तर उनी जान सकेनन् । आखिर किन धर्मेन्द्रले लतालाई अन्तिम श्रद्धाञ्जली दिन छुटाए रु

images

पूरा हुँदै उत्तरी गोरखावासीको सडक सपना

गोरखा । गोरखा सदरमुकामबाट सबैभन्दा टाढाको स्थानीय तह चुमनुब्री गाउँपालिकाको केन्द्रसम्म सडकको ट्रयाक खुलेको छ...


टाइम्स अफ इन्डियासँगको कुराकानीमा धर्मेन्द्रले यसबारे जानकारी दिएका छन् । उनका अनुसार लता मंगेशकरको निधनको खबर सुनेपछि उनको स्वास्थ्य स्थिति बिग्रिएको छ । उनी लतालाई त्यस्ता अवस्थामा देख्न नचाहेको पनि उनले बताए ।


धर्मेन्द्रले भने, ‘म असाध्यै असहज र तनावमा थिएँ । म लता दिदीको अन्तिम संस्कारमा जानका लागि एकपटक होइन तीन पटक तयार भएको थिएँ । तर हरेक पटक मेरा पाइला अगाडि बढ्न सकेनन् ।’


धर्मेन्द्र थप्छन्, ‘लता दिदीले हामीलाई यसरी छोडेर गएको म हेर्न चाहन्नथेँ । म उनको निधनको खबर सुनेपछि ठिक महसुस गरिरहेको थिइनँ ।’


लता मंगेशकरको निधन भएको दिन धर्मेन्द्रले उनीसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए । तस्बिरसँगै उनले लेखेका थिए, ‘संसारै दुःखी छ । तपाईंले हामीलाई छोड्नुभयो भनेर विश्वास नै लागिरहेको छैन । हामी तपाईंलाई सधैँ मिस गरिरहनेछौँ लता जी । तपाईंको आत्माले शान्ति पाओस् भनेर प्रार्थना गर्दछु ।’


धर्मेन्द्रले सन् २०२० मा लता मंगेशकरलाई धन्यवाद दिँदै पोस्ट लेखेकी थिइन् । अभिनेताले एउटा सानो भिडियो ट्वीट गरेर लता मंगेशकरले उनलाई पोर्टेबेल म्युजिक प्लेयर उपहारमा दिएको बताएका थिए ।

मङ्गलबार २५ माघ २०७८ ०४:५२ PM मा प्रकाशित

प्रतिक्रिया