×

संघीय संसदका महासचिवलाई सर्वोच्च अदालतको प्रश्न

images

काठमाडौ । सर्वोच्च अदालतको पूर्ण इजलासले संसद् सचिवालयलाई कुन संवैधानिक र कानूनी व्यवस्थाअनुसार महाभियोग निष्प्रभावी गरेको भनेर प्रश्न सोधेको छ ।सर्वोच्च अदालतको पूर्ण इजलाशले आज (बुधबार) निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुन संवैधानिक र कानुनी व्यवस्था अनुसार महाभियोग निष्प्रभावी भएको पत्र दिइएको हो भनेर जानकारी माग गरेको छ ।

सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले संसद सचिवालयले पठाएको पत्रबारे जानकारी माग्दै संसद सचिवालयलाई पत्र पठाएका हुन्। उक्त पत्रमा संसद सचिवालयलाई ६ वटा प्रश्न सोधिएको छ।

संघीय संसदका महासचिव  गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र दिए लगत्तै बुधबार सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बसेको थियो । बैठकले पत्रमा केही प्रष्ट हुनुपर्ने भनेपछि सर्वोच्चले संघीय संसदका महासचिवलाई पत्र लेखेको हो । न्यायाधीशहरुले यथास्थितिमा प्रधानन्यायाधीश  जबरालाई अदालतमा प्रवेश नदिने संकेत गरेका छन् ।

बुधबार २१ मंसिर २०७९ ०७:२४ PM मा प्रकाशित

प्रतिक्रिया