×

एलओडीका अर्का सञ्चालक श्रेष्ठ पनि पक्राउ

images

काठमाडौँ । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परेका छन् । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा श्रेष्ठ पनि पक्राउ परेका हुन ।एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहले जानकारी दिए ।

यसअघि बिहीबार साँझ क्लबमा पुगेकी नाबालिग बलात्कृत घटनामा सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको थियो । १६ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरस्थित आफ्नो फ्ल्याटमा लगेर गत जेठ ३१ गते बलात्कार गरेको प्रहरीमा जाहेरी परेको थियो । जेठ ३१ गते बिहान ४ बजे प्रहरीले नाबालिगलाई ललितपुरको एक फ्ल्याटबाट उद्धार गरेको थियो ।

ललितपुर प्रहरी परिसरका अनुसार पक्राउ परेका दुवैजनालाई बालबालिका सम्बनधी कसुरमा पक्राउ गरिएको हो । उमेर नपुगेको बालबालिकालाई क्लबमा प्रवेश दिएर उनीहरुमाथि अपराध भएकाले बालबालिकासम्बनधी कसुरमा उनीहरुलाई पक्राउ गरिएको हो ।  उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिए ।

शुक्रबार​ २२ असार २०८० ११:१८ AM मा प्रकाशित

प्रतिक्रिया