×

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

images


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६२ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   
 

शुक्रबार​ २४ चैत २०७९ ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया