×

११ दिने भक्तपुर महोत्सव सुरु-- महोत्सवमा कृषि सामग्रीलाई प्राथमिकता दिन कृषि मन्त्री भुसाल

images

 
काठमाडौं । सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक , पर्यटन तथा व्यापार महोत्सव आजदेखि सुरु भएको छ । 

बिहीबार भक्तपुरको सल्लाघारीमा सुरु भएको महोत्सवको  कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदु राम भुसालले उद्घाटन गरेका हुन् । 
उद्घाटन समारोहमा बोल्दै उनले महोत्सवमा कृषि योग्य सामाग्रीहरू राख्न आग्रह गरेका छन् । नेपाल कृषिमा पछाडि परेको र त्यसलाई प्राथमिकतामा राख्दै महोत्सवहरूमा कृषि योग्य सामाग्रीहरू पनि राख्नु पर्ने उनको भनाई छ । 

उनले भने, ‘कृषि उत्पादनमा हामी निकै नै पछाडि परेका छौं । महोत्सवमा कृषि सामग्री लाई प्राथमिकता दिन आयोजक कमिटीलाई आग्रह गर्दछु । यो महोत्सवमा नराखे पनि अर्को वर्ष राख्नुहोला ।’ 

आज बिहिबार अर्थात २३ गते बाट सुरु भएको महोत्सव २०८० साल बैशाख ३ गतेसम्म चल्ने संयोजक दीपक थापाले जानकारी दिए । महोत्सवमा रोटेपिङ्ग , मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक र हास्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ ।
भक्तपुरको सल्लाघारीस्थित भएको महोत्सवमा २०० भन्दा बढी स्टल रहनेछन् ।  जहाँ  दैनिक उपभोग्य सामाग्रीहरू देखि लिएर  हस्तकलाका सामाग्रीहरू, भाँडाकुँडाका सामाग्रीहरू, पर्यटन प्रवर्द्धन गर्ने स्टलहरू रहेका छन् । 
 
 

शुक्रबार​ २४ चैत २०७९ ११:४६ AM मा प्रकाशित

प्रतिक्रिया