×

रेस्लर जोन सीनासँग फिल्म खेल्दै प्रियंका चोपडा

images

काठमाडौं । भारतीय अभिनेत्री प्रियंका चोपडाले रुसो ब्रदर्सको वेब सिरिज ‘सिटाडेल’ रिलिजअघि अमेजन स्टुडियोबीच पुनः सहकार्य गरेकी छन् ।

यस पटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा डब्लुडब्लुई च्याम्पियन जोन सीनासँग काम गर्दैछिन् । उक्त फिलमको छायांकन आगामी मे महिनादेखि सुरु हुने छ । प्रियंकाले यस फिलमको घोषणा सामाजिक सञ्जालबाट गरेकी हुन् । प्रियंकाले जोन सिना र इद्रिस एल्बासँग काम गर्न लागेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत तस्वीरपनि सार्वजनिक गरेकी छन्

कथा वस्तुबारे नखुलाइएको यस फिल्ममा सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड निर्माता रहेका छन् । प्रियंका अहिले आफ्नो आगामी वेब सिरिज ‘सिटाडेल’ को प्रमोशनमा व्यस्त छिन् । यसको प्रमोसनका लागि उनी भारत आएकी छिन् । अमेजन स्टुडियोको यो श्रृंखला अप्रिल २८ मा रिलिज हुने छ ।

पछिल्लो समय प्रियंका हलिउडमा समेत ब्यस्त बनिरहेकी छन् । कलाकार र निर्मात्रीको रुपमा उनले ६० भन्दा बढी अन्तर्राष्ट्रिय र हलिउड फिल्ममा काम गरेकी छन् ।

फेब्रअरी २०२१ मा उनी आफ्नो संस्मरण ‘अनफिनिश्ड’को साथ न्यूयोर्क टाइम्सको बेस्टसेलिङ लेखिका बनिन् । उनी रिचर्ड म्याडेनसँग प्राइम भिडियोको ‘सिटाडेल’मा अभिनय गर्दैछिन्, जुन अप्रिल २८ मा स्ट्रिमिङ सुरु हुँदैछ ।एजेन्सी

शुक्रबार​ २४ चैत २०७९ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया