×

राप्रपा नेपालको गोरखा र महोत्तरीमा अध्यक्ष चयन

images

काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिँदै जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरु गठन गरिरहेको छ । यसै क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुल बहादुर बस्नेत र महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ । बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिती गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय राप्रपा नेपाल महोत्तरी जिल्ला समिती गठन भएको छ ।

 

जनवर्गीय संगठनहरुमा युवक र विद्यार्थीको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवारले प्राप्त गरेका छन् । भोलि फाल्गुन २४ गते महिला संगठन केन्द्रीय समिती घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको तथा २८ गते राष्ट्रिय युवा मोर्चाको घोषणा हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 

 

सोमबार २३ फागुन २०७८ १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया