×

आशा लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्दै 

images

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीबाट २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत ६ करोड ६७ लाख ८२ हजार ८ सय रुपैयाँँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत ३५ लाख १४ हजार ८८४ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 
 

मङ्गलबार २४ माघ २०७९ १२:१७ PM मा प्रकाशित

प्रतिक्रिया