काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित उन्मुख भएका छन् ।
१९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा टम्पतिर जाने देखिएको छ । यद्यपि औपचारिक प्रोजेक्सन भने होइन । तर यो रिपब्लिकन समर्थकका लागि ठूलो खुसी हो । किनकी पेन्सलभेनिया जितेसँगै ट्रम्पको इलेक्ट्रोरल भोट २६६ हुनेछ । जबकी राष्ट्रपतिमा निर्वाचित हुन २७० चाहिन्छ । अमेरिकाका ७ राज्यलाई स्वीङ स्टेट भनिन्छ । ती राज्यमध्ये २ मा ट्रम्पले जितिसकेका छन् र अधिकांश स्विङ स्टेटमा डोनाल्ड ट्रम्प नै अगाडि छन् ।
सीएनएनका अनुसार ट्रम्पले स्विङ स्टेटमध्ये नर्थ क्यारोलिना जितेका छन् । जर्जियामा पनि ट्रम्पले नै जित्ने सीएनएनले प्रक्षेपण गरेको छ । २०२० मा जर्जियामा ट्रम्पले झिनो अन्तरले जो बाइडेनसँग हारेका थिए । पछिल्लो गणनामा ट्रम्पले पेन्सिलभेनियामा पनि जित्न सक्ने देखिएको छ । पेन्सलभेनिया सबैभन्दा मनत्वपूर्न राज्य हो किनकि यहाँ सबैभन्दा बढी १९ इलेक्टोरल कलेज भोट छन् । यी ती राज्यहरू हुन् जहाँ अधिकांश मतगणना सकिएको छ।
योसँगै एरिजोना र विस्कन्सिन राज्यमा ट्रम्प आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिसभन्दा अलि अगाडि छन् । यी दुई राज्यमा आधाभन्दा बढी मत गणना भइसकेको छ ।
यसैबीच मिशिगनमा कमला ह्यारिस ट्रम्पभन्दा अगाडि छन् । यहाँ अहिलेसम्म ३२ प्रतिशत मात्र मतगणना सकिएको छ । यी मध्ये कुनै पनि राज्यको अन्तिम नतिजा अझै सार्वजनिक भएको छैन।
अमेरिकामा केही राज्यहरू रिपब्लिकन पार्टीको गढ मानिन्छन् भने केहीलाई डेमोक्रेटिक पार्टीको गढ मानिन्छ। तर केहि राज्यहरू छन् जहाँ जीत वा हार भविष्यवाणी गर्न गाह्रो छ। यी राज्यलाई स्विङ राज्य भनिन्छ। यसपटक पनि सातवटा स्विङ स्टेटले चुनाव जित्ने निर्णय गर्नेछन् । यी स्विङ राज्यहरूको नाम एरिजोना, जर्जिया, मिशिगन, नेभादा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिन हुन्।
जर्जियामा ९१ प्रतिशत मतगणना सम्पन्न भइसकेको छ । यहाँ ट्रम्प ५०.९ प्रतिशत मतका साथ अगाडि छन् । नर्थ क्यारोलिनामा ८९ प्रतिशत मतगणना सकिएको छ । ट्रम्पले ५०.७ प्रतिशत मत ल्याएर विजयी भएका छन् । पेन्सिलभेनियामा ८२ प्रतिशत मत गणना भइसकेको छ । ट्रम्पले ५१.३ प्रतिशत मत पाएका छन् । विस्कन्सिनमा ७० प्रतिशत मतगणना सम्पन्न भएको छ । ट्रम्पले ५०.७ प्रतिशत मत पाएका छन् ।
एरिजोनामा यहाँ ५२ प्रतिशत मत गणना भइसकेको छ । जसमध्ये ट्रम्प ४९.८ प्रतिशत मतका साथ अगाडि छन् । मिशिगनमा हालसम्म ४० प्रतिशत मत गणना भइसकेको छ । ट्रम्प ५१.३ प्रतिशत मतका साथ अगाडि छन् ।
नेभादामा हालसम्म २ प्रतिशत मात्रै मतगणना भएको छ । जसमध्ये ट्रम्पले ७३.० प्रतिशत मत पाएका छन् । अघिल्को निर्वाचनमा जो बाइडेनले जितेका ओहियो र वेस्ट भर्जिनियामा नतिजा उल्टिएर ट्रम्पको पक्षमा गएको छ । ओहियोमा १७ र वेस्ट भर्जिनियामा ४ इलेक्टोरल कलेज सिट छन् ।
प्रतिक्रिया