×

एलओडीका सञ्चालक राजुसिंह सुवाल पक्राउ

images

काठमाडौं । ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका सञ्चालक पक्राउ परेका छन्।

प्रहरीले एलओडीका सञ्चालक राजुसिंह सुवाललाई बालुवाटारबाट पक्राउ गरेको हो।

नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि फरार रहेका सञ्चालक सुवाललाई बिहीबार अपरान्ह पक्राउ गरिएको प्रहरीले बताएको छ।

अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठ भने अझै फरार रहेको प्रहरीले जनाएको छ।

उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिए ।

बिहीबार २१ असार २०८० ०८:४७ PM मा प्रकाशित

प्रतिक्रिया