×

रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति- जेलेन्स्की

images

रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “भिनिट्सियामा भएको क्षेप्यास्त्र आठ वटा रकेटल आक्रमण गरिएको र आक्रमणपछि विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको छ ।”

रूसले ११ दिने पुरानो आक्रमण सुरु गरेदेखि युक्रेनका थुप्रै शहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएका छन् ।

भिनिट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा छ । यो रूस र बेलारूसको सिमानाभन्दा धेरै टाढा छ । यस क्षेत्रमा त्यस्तो हमला कम भएको छ ।

विमानस्थालमा भएको आक्रमणपछि जेलेन्स्कीले रूसी आक्रमण रोक्न पश्चिमी शक्तिहरूले युक्रेनमाथि उडान विरोधी क्षेत्र लागू घोषणा गर्ने आफ्नो मागलाई पुनः दोहो¥याउनुभएको छ । 

“हामी हरेक दिन दोहो¥याइरहेका छौं । युक्रेनी आकाशलाई सहयोगी मुलुकहरूले उडान प्रतिबन्धको घोषणा गरून् । आकाशलाई सबै रूसी क्षेप्यास्त्र, रूसी युद्ध विमान र यूक्रेनी पृथकतावादीहरूका लागि बन्द गरियोस् ।” 

उहाँले यूक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा नगर्दा दैनिक दर्जनौ यूक्रेनी नागरिकले ज्यान गुमाउनु परेको बताउनुभयो ।

आइतबार​ २२ फागुन २०७८ ०९:२९ PM मा प्रकाशित

प्रतिक्रिया