×

अनावरण’को दोस्रो संस्करण बजारमा

images

काठमाडौं : उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासङ्ग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ । 
‘अनावरण’ सामान्य अनि महत्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका कथाहरुको सङ्ग्रह हो । सङ्ग्रहका कथाहरुमा समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसङ्गत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढङ्गले प्रस्तुत गरिएको छ । हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र अन्यायमा पारिएका पात्रहरुको मानसिक दशाको मिहीन चित्रण यस सङ्ग्रहका कथाहरुमा पढ्न पाइन्छ । 
पाठकमा कुतूहल सिर्जना गर्न सक्ने बुनोट अनि अकल्पनीय बिन्दुमा टुङ्ग्याइएका यी कथाहरु पाठकलाई लामो समयसम्म प्रभाव पारिराख्न समर्थ हुनेछन् । 
कलम प्रकाशनले बजारमा ल्याएको कथासङ्ग्रह ‘अनावरण’को मूल्य ४९५ रुपैयाँ रहेको छ ।

मङ्गलबार १९ भदौ २०८० ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया