×

मृत भेटिए चर्चित गायक तथा अभिनेता रविन तामाङ

images

काठमाडौं । चर्चित रकगायक एवं अभिनेता रोविन तामाङको निधन भएको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिसेनीस्थित घरमा मंगलबार बेलुका उनलाई मृत भेटिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

रविनको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि उनको मृत्यु भएको खबर पोस्ट भएको छ । उनको मृत्युको कारण भने खुलिसकेको छैन। हाल उनको शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।

रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन्। उनी पछिल्लो समय फिल्म ुछड्केु मा देखिएका थिए। उनका ‘चिसो चिसो हावामा’, ‘जति माया लाए पनि’, ‘भुलमा भुलियो’ लगायत गीत चर्चित छन्। छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन्।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

बुधबार २० असार २०८० ०७:३४ AM मा प्रकाशित

प्रतिक्रिया