सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    images

    नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज तोलामा एक सय रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।

    यस्तै तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।

    आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

      मङ्गलबार २१ असार २०७९ ०१:२१ PM मा प्रकाशित

      प्रतिक्रिया