×

नेपालको इतिहासमै पहिलो पटक नेपाली भाषामा अनुदित आर्य पञ्चबिशतिसाहश्रीक प्रज्ञापारमिता

images

काठमाडौं। २०८० जेठ २१ गते आईतवार सागा दावाको पावन अवसरमा नेपालको इतिहासमै पहिलो पटक नेपाली भाषामा अनुदित आर्य पञ्चबिशतिसाहश्रीक प्रज्ञापारमिता

(ञिठी )पुस्तक सेचेन कोलोनी स्थित होटल हार्मिका मा बद्धवचन अनुवाद समिति नेपाल (BTC Nepal https://www.facebook.com/btcnepal7 द्वारा अनुवादित् दोस्रो पुस्तक को लोकार्पण संस्था कै अध्यक्ष श्री टिका शेर्पाज्यू को सभाध्यक्षता मा र छ्योजे वाङछ्यूक रिन्पोछेज्यू को प्रमुख आतित्थ्यता मा सम्पन्न भयो। 

 

यस पुस्तक का प्रकाशन समिति का संयोजक श्री सम्पूण कुमार लामाज्यू को स्वागत मन्तब्य बाट सुरू भएको उक्त कार्यक्रम लामा गुरू हरू बाट मंगल पाठ पश्चात प्रमुख अतिथिज्यू ले छ्योईमी बत्ती बाल्नु भई उदघाटन गर्नुभएको थियो। त्यस पछि उक्त पुस्तक लोकार्पण भएको थियो।

 

 

उक्त पुस्तक र प्रज्ञापारमित बारे श्रदेय लो चा वा श्री पुण्य प्रसाद पराजुलीज्यू ले ब्याख्या सहित संक्षिप्त मा चर्चा गर्नुभएको थियो।  उक्त अवसरमा दानपतिज्यू हरू,

अनुवादकज्यू र सहयोगीहरू लाई रिन्पोछेज्यू ले खादा ओडाएर सम्मान गर्नुभएको थियो।

सोमबार २२ जेठ २०८० १०:१४ AM मा प्रकाशित

प्रतिक्रिया