×

हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ- प्रचण्ड

images

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हतौडामा मत हाल्न आग्रह गर्नुभएको छ् ।

चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हतौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताउनुभएको छ् । गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ्। उहाँको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराउनुभएको छ् ।

कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताउनुभएको हो ।  रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उहाँको उद्घोष छ् । 

बिहीबार २२ बैशाख २०७९ ०५:५९ PM मा प्रकाशित

प्रतिक्रिया