×

आईपीएल क्रिकेटमा दिल्ली र हैदराबाद खेल्दै

images

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे मुम्बईमा हुनेछ । हैदराबादले ९ खेलमा ५ मा जित निकालेको छ ।

हैदराबाद १० अङ्ककासाथ अङ्क तालिकाको पाँचौँ स्थानमा छ । त्यस्तै दिल्लीले समान खेलमा ४ मा जितसहित ८ अङ्क जोडेको छ । दिल्ली अङ्क तालिकाको सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर चेन्नई सुपर किङ्ग्सलाई १३ रनले हराउँदै चौथो स्थानमा उक्लिएको छ ।

बिहीबार २२ बैशाख २०७९ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया