×

नेपाली जनताको आशाको केन्द्र एमाले हो : ओली

images

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गर्नुभएको छ ।

कैलालीको बर्दगोरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । 

विकास र समृद्धिका कुरामा बढी समय खर्चनुभएका ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको बताउनुभयो । आफूहरू प्रति

विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले दाबी गर्नुभयो । 

बिहीबार २२ बैशाख २०७९ ०६:०८ PM मा प्रकाशित

प्रतिक्रिया