×

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन -नेता पौडेल

images

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीको प्रतिस्पर्धी नेकपा एमाले भएको बताउनुभएको छ । 

आज बिहीवार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) कांग्रेसको प्रतिस्पर्धी नभएको बताउनुभएको हो । ‘माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्यकता छ’, उहाँले भन्नुभयो, ‘पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला मैले गठबन्धनको प्रस्ताव गरेको हुँ ।’ 

वरिष्ठ नेता पौडेलले एमालेसहितका दलका गठबन्धन प्रतिक्रियावादी भएको आरोप लगाउँदै आफूहरूको गठबन्धनलाई प्रगतिशील भएको बताउनुभयो । ‘संविधानले नै गठबन्धनबाट सरकार बनाउन सक्ने गरी व्यवस्था गरेको छ’, उहाँले भन्नुभयो, ‘अरूसँग गठबन्धन गर्नुभन्दा माओवादीसहितका दलहरूसँग गठबन्धन गर्नु उपयुक्त हुन्छ ।’ 

वरिष्ठ नेता पौडेलले गठबन्धनका कारण सङ्घीय र प्रदेशमा सरकार बनेको भन्दै पालिकामा पनि गठबन्धनले जित्नुपर्ने बताउनुभयो । उहाँले संसदीय चुनावसम्म पनि गठबन्धन हुने दाबी पनि गर्नुभयो । गठबन्धनको माध्यमबाट वीपीको सपना साकार हुने बताउँदै उहाँले भरतपुर महानगरलाई काँचुली फेर्ने गरी विकास गर्न गठबन्धन आवश्यक भएको उल्लेख गर्नुभयो । 

बिहीबार २२ बैशाख २०७९ ०५:०७ PM मा प्रकाशित

प्रतिक्रिया