×

भरतपुरमा भएको विकास 'कास्टिङ' मात्रै हो, फिल्म देखाउन बाँकी छ - रेनु दाहाल

images

भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेनु दाहालले आफ्नो पहिलो कार्यकाल सफल भएको बताउनुभएको छ ।

हाकिमचोकमा भएको पाँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै दाहालले पाँच वर्षको अवधिमा चितवनको भरतपुरलाई गर्व गर्न लायक सहर बनाएको र यो अभियान चलिरहेको बताउनुभएको हो । ‘हामीले कास्टिङ मात्रै देखाएका हौँ, फिल्म देखाउन बाँकी छ, त्यसैका लागि मैले पुनः उम्मेदवारी दिएको हो’, उहाँले भन्नुभयो । 

सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, सडक र बत्तीका क्षेत्रमा राम्रो काम गरेको र केही गौरवका आयोजनाले पनि गति लिइरहेको दाहालको भनाइ छ । 

‘पाँच वर्षमा सामुदायिक विद्यालयमा सात हजार विद्यार्थी बढाएका छौँ । महानगरको बजेटको १५ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगाएका छौं, पौने चार अर्ब रुपैयाँको खानेपानी आयोजना अगाडि बढाएका छौँ । देशकै हेर्न लायक र गर्व गर्न लायक महानगर बनाउन अन्तर्राष्ट्रिय मापदण्डको सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण भइरहेको छ । नारायणीको तटबन्ध दिगो र भरपर्दो बनाएर अगाडि बढाइएको छ । त्यसलाई पर्यटकीय गन्तव्य बनाउने गरी अगाडि बढाएका छौँ’, दाहालले भन्नुभयो । 

बिहीबार २२ बैशाख २०७९ ०४:३३ PM मा प्रकाशित

प्रतिक्रिया