×

ताप्लेजुङमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरकाे क्षति

images

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गएराति एक घरमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

अग्नि पीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामान तथा दुईवटा बङ्गुर जलेर नष्ट भएका बताउनुभयो ।

बिहीबार २२ बैशाख २०७९ ०१:४५ PM मा प्रकाशित

प्रतिक्रिया