इन्टरभ्याली ह्विलचेयर बास्केटबल सुरु

    images


    आर्मीको विजयी सुरुवात
    काठमाडौं ।  नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा आजबाट त्रिपुरेश्वरस्थित कभर्डहलमा इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ मा सुरु भएको छ ।
    गोकर्णेश्वर नगरपालिका र चाँगुनारायण नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको संघिय साँसद सन्तोष चालिसेले एक कार्यक्रमविच उद्घाटन गरे

     कार्यक्रमको उद्घाटन गर्दै साँसद चालिसेले फरक क्षमता रहेका खेलाडीहरुको पारा खेललाई प्रार्थमिकतामा राखेर आफुले आवाज उठाउने बताए ।

    दुई दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ९ल्क्ऋक्ष्क्ब्०, स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाल ९क्ऋक्ष्ल्ल्०, त्रिभुवन आर्मी क्लब ९त्ब्ऋ०, बुद्धिसरा इन एक्सन ९द्यक्ष्ल्० र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब ९व्ध्क्ऋ० गरि ५ टिम रहेका छन्

     यस्तै महिला तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ९ल्क्ऋक्ष्क्ब्०, बुद्धिसरा इन एक्सन ९द्यक्ष्ल्०, ओमेन ह्विलचियर बास्केटबल एशोसियसन ९ध्ध्द्यब्० र ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल ९ध्क्ब्ल्० गरि ४ टिम रहेका छन् ।

    आज भएको खेलमा पुरुष तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । टिएसीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई २६ – २१ अंकको अन्तरले पराजित गर्‍यो यस्तै पुरुष तर्फको अर्को खेलमा आयोकज नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १६ – १३ अंकले पराजितगर्‍यो । अर्को खेलमा बुद्धिसरा इन एक्सनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १७ – १२ ले पराजित गर्‍यो ।

    महिला तर्फको खेलमा आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ओमेन ह्विलचियर बास्केटबल एशोसियसन संग १० – १६ ले पराजित भयो । यस्तै अर्को खेलमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपालले बुद्धिसरा इन एक्सनलाई ६ – २ अंकले पराजित गर्‍यो  ।

    पुरुष तर्फको ५ टिमलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराईएको छ । उपाधीका लागि चार टिमविच सेमिफाईनल र फाईनल खेल खेलाईनेछ ।

    यस्तै महिला तर्फ राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गरिने र उत्कृष्ट दुई टिमविच उपाधीका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
    उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव शान्ति बहादुर बस्नेत, नेपाल बास्केटबल संघका अध्यक्ष भिम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

    बुधबार २२ चैत २०७९ ०६:०२ PM मा प्रकाशित

    प्रतिक्रिया