×

कृषि वनको विकास गर्न सचिव पौडेलको प्रस्ताव

images


काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव रेवती रमण पौडेलले कृषि वनको विकास गर्न प्रस्ताव राखेको छन् । 

बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले जनावरहरुको राज्य जङगल क्षेत्रलाई मानिसले अतिक्रमण गर्दा मानिस र

जनावरबिच द्वोन्द पैदा हुने भएकाले जनावरको लागि कृषि वनको विकास गर्नु पर्ने प्रस्ताव राखेका हुन् । 

उनले भने ‘जङ्गलको क्षेत्रहरू जनावरको राज्य थियो बिस्तारै यसलाई हामीले अतिक्रमन गरेर हाम्रो राज्य बनायौँ र उनीहरूलाई प्रतिस्थापन गर्‍यो  त्यसैले कहिलेकाहीँ

उनीहरू र हामी बीच द्वोन्द सृजना हुन्छ । पश्चिम देखि उत्तर दक्षिणसम्म कृषि वनको विकास गर्नुपर्छ ।  त्यसैले जनावरलाई आवात जावत गर्न सजिलो हुन्छ ।’

उनले कच्चा जडीबुटीहरूलाई प्रशोधन गर्ने र काठको आयातलाई  घटाए अगाडि बढ्नुपर्नेमा जोड दिए । 

हाम्रो राष्ट्रिय निकुञ्जलाई विश्वमा पहिचान ल्याएर पर्यटकहरूलाई आकर्षित गर्न वन जङ्गलको क्षेत्र विस्तार गर्नुपर्ने उनको भनाई छ । 


 

बुधबार २२ चैत २०७९ ०६:५९ PM मा प्रकाशित

प्रतिक्रिया