×

लामिछाने विरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश 

images


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी मुद्दामा कारबाही गर्न माग गर्दै दायर भएको रिटमा  सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
बुधबार प्रारम्भिक सुनुवाई गर्दै, न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले, महान्यायाधीवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण देखाउन आदेश दिएको हो । 
सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका थिए  । 
सोमबार युवराज पौडेल सफलले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

यसअघि हिजो मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको मुद्दाको पेशी उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थि

बुधबार २२ चैत २०७९ ०६:४० PM मा प्रकाशित

प्रतिक्रिया