काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले दीपक न्यौपानेको अध्यक्षतमा परिषद् मा दर्ता रहेको नेपाल बेसबल तथा सफ्टबल संघको १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
संघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को दफा ७ को खेल संघ स्थापना सम्वन्धी मापदण्ड पुरा गरि ३ (तीन) महिना भित्र विधान मस्यौदा तयार गरि परिषद्को स्विकृतीमा साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ ।
तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा प्रदीप कुमार खत्री, चार उपाध्यक्षमा बिपिन बज्राचार्य, रमिता अधिकारी, राम कुमार खड्का र नारायण घर्ती रहेका छन् । यस्तै महासचिवमा प्रदीप शाह र कोषाध्यक्षमा उपेन्द्र विक्रम लामा रहेका छन् । सदस्यहरुमा संगम अर्याल, दामोदर फुयाल, सुरेन्द्र थपलिया, शिव कुमार खड्का, तिलक ढुंगाना,
रोशन थापा, सृजना पौडेल खत्री, निरोज श्रेष्ठ, हरी धमला र दिपेन्द्र कार्की रहेका छन् ।
प्रतिक्रिया