×

आज दशरथ रंगशालामा नेपाल र भियतनामको महिला फुटबल टोलीबीच भिडन्त हुने

images

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले बुधबार भियतनामसँग खेल्दैछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । फिफा वरियतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदानमा उत्रनेछ ।

भियतनामले २०२३ को महिला विश्वकप खेल्दैछ । फिफा वरियतामा भियतनाम ३३ औं स्थानमा रहेको छ भने नेपाल १०० औं स्थानमा रहेको छ । ओलम्पिकको पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् ।

प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपालले दोस्रो खेलमा भियतनामसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ ।

बुधबार २२ चैत २०७९ १०:५८ AM मा प्रकाशित

प्रतिक्रिया