×

अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न दिने सर्वोच्चको आदेशप्रति माओवादी केन्द्रको ध्यानाकर्षण 

images

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले सर्वोच्च

प्रशासनलाई दिएको आदेशप्रति आपत्ति जनाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले न्यायधाीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट भएको सो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा महासचिव गुरुङले विस्तृत शान्ति सम्झौताविपरीतको रिट दर्तामा प्रतिगमनकारी प्रवृत्तिहरू सलबलाएको आरोप लगाएका छन् । विज्ञप्ति मार्फत उनले बाह्र बुँदे समझदारी, शान्ति प्रक्रिया पक्षधर राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलाई त्यस विरुद्ध एक हुन आह्वानसमेत गरेका छन् ।

विज्ञप्तिमा वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरु विरुद्ध हुने कुनै पनि गतिविधिलाई पार्टीले अस्वीकार गर्ने र त्यस विरुद्धका गतिविधिको घोर भत्र्सना गर्ने उल्लेख छ । 

कांग्रेस महासमिति सदस्य जितेन्द्र मोक्तान र ज्ञानेन्द्रराज आरणसहितले प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै रिट लगेका छन् ।
 

आइतबार​ २१ फागुन २०७९ ०२:१८ PM मा प्रकाशित

प्रतिक्रिया