×

राष्ट्र बैंकले १५ अर्वको ट्रेजरी बिल बिक्रि गर्दै

images


काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन १५ अर्व चार करोड ५० रुपैयाँ मुल्य बराबरको ट्रेजरी बिल बिक्रि गर्न लागेको छ । बिल आज जारी हुँदैछ । बिलमा बोलकबोल भने दिउँसो ३ बजेबाट हुनेछ । 

बैंकले २८ दिनका लागि दुई अर्व रुपैयाँको बिल जारी गर्दैछ । त्यस्तै, ९१ दिनका लागि छ अर्ब चार करोड ५० रुपियाँ र  १८२ दिन अवधिका ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो । 

बैंकका अनुसार ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब बलि नयाँ रहेको छ । बिल  २८  दिनको  चैत  २१  गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व राष्ट्र बैंकको भनाई छ । 
 

आइतबार​ २१ फागुन २०७९ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया