×

सुनको मूल्य बढ्यो

images


काठमाडौँ । नेपाली बजारमा यो हप्ताको पहिलो दिन आईतबार सुनको मूल्य सामान्य बढेको छ । अस्ति शुक्रबारको तुलनामा सुनको मूल्य तीन सयले बढेर प्रतितोला एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

छापावाल सुनको मूल्य  प्रतितोला  एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य यो साताको पहिलो दिन आज एक लाख दुई हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार तीन सय छ । शुक्रबारको तुलनामा एक लाख दुई हजारमा कारोबार भएको थियो ।
त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ  । प्रतितोला  १० रुपैयाँले बढेर  एक हजार दुई सय ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
 

आइतबार​ २१ फागुन २०७९ ०१:०९ PM मा प्रकाशित

प्रतिक्रिया