×

युक्रेन द्वन्द्व- ५११ जना नेपाली सुरक्षित गन्तव्यमा

images

युक्रेन  द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् । रुस–युक्रेन  द्वन्द्व  प्रभावित  नेपालीको  सहयोग  एवं  उद्धार  उच्च  स्तरीय  समितिका  अनुसार  ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् ।

युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया,  २७  जना  रोमानिया,  छ  जना  हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित  पुुगेका  छन्  ।  तीमध्ये  चार  जनामा  युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक समस्या देखिएको समितिले उल्लेख गरेको छ । युक्रेनमा रहेका धेरैजसो नेपाली तथा अन्य विदेशी नागरिक घण्टौँ पैदल हिँडेर युक्रेन र अन्य देशको सीमा क्षेत्रमा स्थापना गरिएको शरणार्थी क्याम्प पुगेका छन् ।

युक्रेनबाट  बाहिरिएका  मध्ये  ४०  जना  नेपालीले  मात्र  यात्रा  अनुमतिपत्र  लिएको  जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्काले जनाए । समितिको बैठकमा जानकारी दिँदै उहाँले नेपाली नागरिक सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, रोमानिया र माल्दावा देशमा पुगेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

शनिबार २१ फागुन २०७८ ०९:४३ AM मा प्रकाशित

प्रतिक्रिया