×

बाबुराम भन्छन्- भोट हाल्ने १६ बर्ष र उम्मेदवार बन्ने उमेर २१ बर्ष गर्न आवश्यक छ

images

काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गर्न पाउने उमेर १६ बर्ष र उम्मेदवार हुन पाउने उमेर कम्तिमा २१ बर्ष गर्नुपर्ने बताएका छन् ।

डा. भट्टराईले युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु  उपयुक्त हुने धारणा राख्दै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ बर्ष गर्नु राम्रो र सहज हुने र निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ बर्षबाट घटाएर १८ बर्ष वा कमसेकम २१ बर्ष गर्नु आवश्यक रहेको बताएका हुन् । 

उनले भनेका छन्:  

यति युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेन-जी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु  उपयुक्त हुन्छ। त्यसनिम्ति मतदाता सूचीमा वेलैमा नाम दर्ता गर्ने काम पहिलो कदम हो। तसर्थ देश-विदेशमा रहनु भएका सबैले नियम अनुसार समयमै नाम दर्ता गर्न सबैलाई हार्दिक आग्रह गर्दछु। नत्र नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाहरुले पछुताउनुपर्ने स्थिति आउन सक्छ। 

यसको साथै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ बर्ष गर्नु राम्रो र सहज हुनेछ। त्यस अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ बर्षबाट घटाएर १८ बर्ष वा कमसेकम २१ बर्ष गर्नु आवश्यक छ। नत्र पछिल्लो आन्दोलनका अगुवा जेन-जी युवाहरूलाई आसन्न निर्वाचन 'जसको विहा उसैलाई नजिक नल्या'  भन्ने लोकोक्ति जस्तो हुनेछ।

मङ्गलबार १९ कात्तिक २०८२ १२:४६ PM मा प्रकाशित

प्रतिक्रिया