×

वैदिक कालदेखि प्रचलनमा रहेको ॐ शब्द हटाउने कुरा सोच्न पनि सकिँदैन : पूर्वमन्त्री शर्मा

images

काठमाडौँ, असोज : पूर्वशिक्षामन्त्री दिनानाथ शर्माले वैदिक कालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने बताउनुभएको छ । आज विज्ञप्ति जारी गर्दै उहाँले शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्नुभएको छ । 

आफू शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारवाजीप्रति ध्यानाकर्षण भएको जनाउँदै उहाँले आफ्नो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय नभएको स्पष्ट पार्नुभएको छ । 

“सङ्घीयता विरोधी केही अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृतिजस्ता जनताका अत्यन्तै संवेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव विथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो । 

बुधबार १७ असोज २०८० ०६:५३ AM मा प्रकाशित

प्रतिक्रिया