×

सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग नगर्न आग्रह

images

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग नगर्न नेपाल प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । 

आज (बुधबार) एक सूचना जारी गर्दै प्रहरीले यस्तो आग्रह गरेको हो । उसले विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुर्याउने कार्य नगर्न सूचनामार्फत जानकारी गराएको छ । 
सूचनामा भनिएको छ– ‘राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहिन विषय वस्तु एवं व्यक्तिको प्रतिष्ठा, आत्म सम्मानमा ठेस पुयाउने

र जातीय भेदभाव, छुवाछुत, श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामाग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन हुन नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो सबैमा अनुरोध गर्दछ ।’

यसका साथै प्रहरीले प्रचलित कानुनले रोक लगाएका सामाग्रीहरू प्रकाशन वा प्रदर्शन गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ । 

हेर्नुहोस् सूचना :

बुधबार १७ असोज २०८० ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया