काठमाडौँ । भारतीय टिभी अभिनेता आशिष कपूर बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक महिलाले गत महिना दिल्लीमा भएको पार्टीको क्रममा उनको बाथरूममा यौन दुर्व्यवहारको आरोप लगाएपछि उनी पक्राउ परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुवै जना इन्स्टाग्राममा भेटेका थिए ।
महिलाले घटना रेकर्ड गरिएको दाबी गरेकी छिन्, तर कुनै भिडियो नभेटिएको बताइएको छ ।
१७ अक्टोबर १९८४ मा जन्मेका आशिष कपूर ४० वर्षका छन् । उनी 'श्ह... फिर कोई है', 'ससुराल सिमर का २', 'ये रिश्ता क्या कहलाता है', 'साथ फेरे - सलोनी का सफर', 'सरस्वतीचन्द्र' र 'मोल्की: रिश्तों की अग्निपरीक्षा' जस्ता टिभी शोहरूमा देखा परेका छन् । उनले ‘देखा एक ख्वाब’ मा उदयको भूमिकाबाट चर्चा कमाए ।
आशिष यसअघि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएका थिए । उनले १८ वर्षको उमेरमा 'देखा एक ख्वाब'की को-स्टार प्रियल गोरसँग डेट गरे तर उनीहरुको सम्बन्ध टुट्यो । त्यसपछि आशिष अल्बेनियाली मोडल इल्डा क्रोनीसँग दुई वर्षसम्म सम्बन्धमा थिए । सम्बन्ध खराब नोटमा समाप्त भयो । आशिषले पछि निर्माता पर्ल ग्रेसँग डेट गरे र यो जोडीले अप्रिल २०२१ मा इन्गेजमेन्ट गरे तर एक वर्षभन्दा बढी सँगै बसेपछि उनीहरू छुट्टिएका थिए ।
प्रतिक्रिया