×
images

शिक्षकलाई राजनीतिमा अंकुश : दलीय सदस्यता लिएको पाईएमा सोझै बर्खास्त गरिने

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलको सदस्यता लिन नपाउने भएका छन् । 

प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० अनुसार शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिन नपाउने भएका हुन् । 

उक्त शिक्षा ऐनमा शिक्षकहरूलाई कुनै दलको सदस्यता लिन रोक लगाएको छ । ऐनको मस्यौदामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै दलको सदस्यता लिएको खण्डमा बर्खास्त गर्नेसम्मको सजायको व्यवस्था गरिएको छ ।

मस्यौदाका दफा ८८ र ८९ मा शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्ता लिएमा, राजनीतिक कृयाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्ने प्रस्ताव गरिएको छ ।

त्यसरी राजनीति गर्ने शिक्षकलाई बर्खास्त गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । त्यस्ता शिक्षकलाई भविस्यमा विद्यालय शिक्षक सेवाको निमिक्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने मस्यौदामा उल्लेख छ ।

मस्यौदामा दफा ७३ मा शिक्षकलाई राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ । 

शुक्रबार​ १९ साउन २०८० ०२:२५ PM मा प्रकाशित

प्रतिक्रिया