×
images

क्रिकेटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय खेलबाट किन लिए सन्यास ? 

काठमाडौं । क्रिकेटर ज्ञानेन्द्र मल्ले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् । उनले आज (शुक्रबार) क्रिकेटबाट सन्यास लिएका हुन् । 

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी मल्लले क्रिकेटबाट सन्यास लिएको जानकारी गराएका छन् । 

उनले उक्त सम्मेलनमा भने, ‘क्रिकेटमा पनि कुनै समय कसैलाई मैले रिप्लेस गरेको थिएँ, होला । यो मेरो समय हो । त्यसैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विराम लगाउने र फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु।’

आफूले सन्यासको घोषणा गर्दै गर्दा निकै गह्रौ मन भएको बताए । क्रिकेटले नै आफूलाई संसारमाझ चिनाउन सफल भएको मल्लले स्मरण गराए । 
 

शुक्रबार​ १९ साउन २०८० ०३:१८ PM मा प्रकाशित

प्रतिक्रिया