×

सुशासनका लागि राजनीति र कर्मचारीतन्त्रमा शुद्धीकरण आवश्यक छ -- मन्त्री मोदी

images


सुनसरी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राजनीतिक र कर्मचारीतन्त्रभित्रको शुद्धीकरणबाट मात्रै सुशासन सम्भव रहेको बताएका छन् । 

नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा इटहरीमा आयोजना गरेको  कर्मचारीहरुको लागि प्रदेश स्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

उनले भने, “कहीँ न कहीँ शुद्धीकरण चाहिन्छ । एउटा राजनीतिक तहमा र अर्को कर्मचारीतन्त्रभित्र पनि शुद्धीकरणको आवश्यकता छ । दुवैतिर जबसम्म शुद्धीकरण हुन सक्दैन, तबसम्म सुशासन सम्भव छैन ।” 

मन्त्री मोदीले सबैको कार्यशैलीलाई सुधार गर्दै सुशासनको यात्रामा अगाडि बढ्नुपर्ने बताए । उनले थपे, “हाम्रो व्यवहार र शैलीमा शुद्धीकरण नभएसम्म देशका सबै क्षेत्रका जनताले सहज रुपमा सेवा पाउने र सुशासन कायम गर्ने कुरा सम्भव छैन ।” 

आइतबार​ २१ जेठ २०८० ०९:४६ AM मा प्रकाशित

प्रतिक्रिया