×

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

images

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अहिले विहान ११ बजे बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल शुरू हुनेछ ।

बैठकमा अर्थमन्त्री ड. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तै, बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

आइतबार​ २१ जेठ २०८० ०८:२६ AM मा प्रकाशित

प्रतिक्रिया