×

जर्मन कपको उपाधि: आरबी लाइपजिगलाई

images


काठमाडौं । आरबी लाइपजिगले जर्मन कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा फ्रान्कफुर्टलाई २-० गोल अन्तरले हराउँदै लाइपजिग च्याम्पियन बनेको हो ।

लाइपजिगको जितमा क्रिस्टोफर एनकुन्कु र डोमिनिक स्जोबोस्ज्लाईले एक एक गोल गरे ।खेलको ७१ औं मिनेटमा क्रिस्टोफरले गोल गर्दै लाइपजिगलाई सुरुआती अग्रता

दिलाएका थिए ।त्यसपछि खेलको ८५ औं मिनेटमा डोमिनिकले गोल गर्दै क्रिस्टोफरलाई २-० को जित दिलाए ।लाइपजिगले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि

जितेको हो । एजेन्सी

आइतबार​ २१ जेठ २०८० ०९:४० AM मा प्रकाशित

प्रतिक्रिया