×

'आरब्ध' मुक्तकसङ्ग्रह लोकार्पित 

images

काठमाडौँ। साहित्यकार एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले काठमाडौँमा आयोजित एक समारोहबिच अनुराधा ढकालद्वारा रचित मुक्तकसङ्ग्रह 'आरब्ध ' को लोकार्पण गर्नुभयो। 

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रा. डा. लक्ष्मणप्रसाद गौतम, प्रा. डा. भागवत ढकाल, प्रतिष्ठानका सल्लाहकार ज्ञानुवाकर पौडेल, उपाध्यक्ष वियोगी बुढाथोकी, त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत कृतिकारका दाजु मुक्तराज ढकाल, प्रतिष्ठानका महासचिव यादव भट्टराई, सदस्य राधेश्याम लेकाली तथा अध्यक्ष रामकाजी कोनेले लोकार्पित कृति तथा कृतिकारको प्रतिभाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा कृतिकार अनुराधा ढकालले कृति प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गर्दै केही मुक्तक वाचन गर्नुभएको थियो। 

यादव भट्टराईद्वारा सञ्चालित सो कार्यक्रममा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीलगायत अन्य स्रष्टाहरूको उपस्थिति रहेको थियो।

नेपाल मुक्तक प्रतिष्ठान,काठमाडौँद्वारा प्रकाशित 'आरब्ध ' मा ४०९ वटा मुक्तकहरू समाविष्ट छन्। कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा सम्पन्न भएको थियो।
२०७९ चैत्र २०

मङ्गलबार २१ चैत २०७९ ०६:५६ AM मा प्रकाशित

प्रतिक्रिया