×

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । यस्तै वाम एकतालगायतका विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

नेकपा एकीकृत समाजवादी पार्टीले प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा समर्थन गरेको छैन । तर, विश्वासको मत दिन आग्रह गर्दै प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । प्रचण्डले संसदमा आगामी पुस २७ गते विश्वासको मत लिने तय भएको छ अध्यक्ष नेपालले पार्टी बैठकमा यसबारे छलफल गरे पनि कुनै निर्णय गरिसकेका छैनन्।

उनले उपयुक्त समयमा यसबारे निर्णय हुने बताइरहेका छन्।  यसैबीच आजै आयोजित एक कार्यक्रममा नेपालले आफूले प्रचण्डको मुख हेरेर मात्रै नहुने भन्दै सरकारलाई समर्थन गर्ने नगर्नेबारे २६ गते नै निर्णय लिइने बताएका थिए ।

बुधबार २० पुस २०७९ ०३:१५ PM मा प्रकाशित

प्रतिक्रिया