×

गुण्डा नाइके रिगल बाँके कारागार चलान

images

नेपालगञ्ज । नेपालगञ्जका चेतन मानन्धनरको हत्या अभियुक्त योगराज ढकाल (रिगल)लाई बाँके कारागार चलान गरिएको छ ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैदमाफी गरेका थिए । 

तर, उक्त निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरेपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

बिहीबार पक्राउ परेका उनलाई शुक्रबार बाँके जिल्ला अदालतमा पेस गरिएकोमा अदालतले कारागार चलान गरेको हो ।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग छ ।

हल्या आरोप पुष्टि भएका रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 
  

शुक्रबार​ १७ कात्तिक २०८० ०५:४१ PM मा प्रकाशित

प्रतिक्रिया