×

शहरमा नाटकको चहलपहल

images

काठमाडौं । राजधानीमा अहिले धमाधम नाटक मञ्चन शुरु भएको छ । मण्डला, कौसी, ओजस थिएटर लगाएतमा नाटक मञ्चन हुने क्रम जारी छ ।

‘असुर’

ओजस थिएटरमा भदौ १५ बाट नाटक ‘असुर’ मन्चन हुने भएको छ। सो नाटकलाई विवेक न्यौपाने (घने)ले निर्देशन तथा रविन दोङले लेख्नुभएको हो।  ‘असुर’ एउटा गाउँको पारिवारिक कथा हो, जसमा एकै परिवारका दुई पुस्ताको विचार मिल्दैन। गाउँमा कोही पुरानो सोचको प्रतिनिधित्व गर्छन् भने कोही नयाँको। 

असुर एउटा शक्ति भोको पात्र पनि हो। जो शक्ति प्राप्त गर्नका लागि जे पनि गर्न तयार हुन्छ। उसले कहिले देवताको रूप धारण गर्न सक्छ भने कहिले दानव पनि बन्न सक्छ। हाम्रो समाजको वरपर पनि यस्ता पात्रहरू छन् त रु यही प्रश्नको निचोड हो नाटक ‘असुर’ । यिनै कुराहरूको वरपर घुमेको छ नाटक। नाटकले उत्पिडित वर्गको पीडाहरूलाई देखाउन खोजेको छ। क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै नाटकको मुख्य अभिप्रायः हो।

नाटकमा सुचित्रा उप्रेतीले ‘कलावती’, सागर कार्कीले ‘नरेन्द्र’ र प्रह्लाद खरेलले ‘जुद्धप्रसाद’को चरित्र निर्वाह गरेका छन्। राजन कार्की र शङ्कर कार्कीको निर्माण रहेको नाटकमा केशव सिंह ठगुन्ना, प्रतीक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया वज्राचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, वीरेन्द्र सिंह कुसवाहा, अश्मिता ढकाल, शेखर दाहाल, गङ्गा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंशा गहतराज र शुक्रराज मगरको अभिनय रहेको छ। चेतना सापकोटा कार्कीको सह–निर्माण रहेको नाटकका कास्टिङ निर्देशक सुरेन्द्र क्षेत्री हुन् भने वेशभूषामा निशा गिरी, गङ्गा मगर र अश्मिता ढकालले काम गरेका छन्। नाटकमा विवेक न्यौपाने ध्वनी सम्पादन, उदीप सिवाकोटी, प्रकाश परिकल्पना, रविन दोङ मन्च परिकल्पना, सुरेन्द्र क्षेत्रीरशेखर दाहाल मन्च व्यवस्थापनमा देखिएका छन्।  

‘धुमधामको घुमघाम’
कौसी थिएटरमा नाटक ‘धुमधामको घुमघाम’ को मञ्चन शुरु भएको छ । कनकमणि दीक्षितद्वारा लिखित बाल कथा श्रृंखलामा आधारित नाटकलाई आकांक्षा कार्कीको निर्देशन गरेकी हुन ।

२५ वर्षअघि प्रकाशि पुस्तकमा एउटा भक्तप्रसाद नाम गरेको भ्यागुताको नेपाल भ्रमणको कथा रहेको छ । काठमाडौंको भ्यागुताले चितवन, पोखरा, मुस्ताङ हुँदै डोल्पासम्मको यात्रा गर्दा देखेका र भोगेका रोचक घटना कथामा समेटिएको छ । पुस्तक नेपाली र अंग्रेजी सहित विभिन्न भाषा र ब्रेल लिपिमा पनि प्रकाशित छ । 

आफूले बाल्यकालमा पढेको र मनमा गढेर बसेको पुस्तकलाई नाटकको स्वरूप दिने यात्रा उत्साहजनक रहेको निर्देशक कार्कीले बताइन। उनले भनिन्, ‘भक्तप्रसाद भ्यागुतो बाल्यकालमा यो किताब पढ्ने अवसर पाएका सबैको मनमा गढेर बसेको छ । मेरा लागि पनि यो यस्तै गढेर बसेको सम्झना हो । यो प्रख्यात बालकथा शृङ्खलालाई नाटकमा ढाल्नु मेरा लागि साह्रै उत्साहजनक अवसर रह्यो ।’ 

रातो बंगला किताब र कथा घेराको सहकार्य रहेको नाटकमा अकाश नेपाली, आशिष काफ्ले, ऋषिकेश बस्याल, कविराज राई, गणेश प्र.पौडेल, विनिता लामा गुरुङ, मारुति सापकोटा, नवीनचन्द्र अर्याल, निशान खत्री, बास्ना तिमिल्सिना, सरिता कठायत र सुरज मल्लको अभिनय रहेको छ । 

आयुष निरौलाले नाट्य रूपान्तरण गरेको ुधुमधामको घुमघामुमा स्ट्रिङ्स इम्प्याक्ट ब्याण्डको संगीत रहेको छ । निर्देशक कार्कीका अनुसार मञ्च र नेपथ्य गरी लगभग ३० जनाको दुई महिनाको मेहनतले नाटक मञ्चनको लागि तयार भएको हो ।

‘२४ मा १२’
यस्तै मण्डला थिएटरमा ‘२४ मा १२’ मञ्चन शुरु भएको छ । उमेश सुनामको लेखन रहेको नाटकलाई संगीत सापकोटाले निर्देशन गरेका हुन । २४ मा १२ हामीले जिउने दैनिक समय हो । 

नाटक  दुईवटा पात्र भित्र केन्द्रीत छ र त्यहि पात्रको कथा नाटकभित्र दर्शाउन खोजिएको छ । हाम्रो समाजमा रहेको जातीय बिभेद र लैंगिक बिभेद जरै देखि उखेलेर फाल्नुपर्छ भन्ने सन्देश नाटकमा देखाउन खोजिएको छ । नाटकमा समय मारमा परेका पात्रहरुलाई चित्रण गर्न खोजिएको छ । समयको मारबाट ती पात्रहरु कसरी निकल्न सक्छन् र उनीहरुले आफनो समान अधिकारमा बाच्न के कस्तो दायित्व निर्वाह गर्नुपर्छ भन्ने कुा नाटकले बताउन खोजेको छ । 

नाटकमा राज न्यौपाने, आलोक थामी, प्रमिला खनाल, अस्मिता खनाल, संगीता थापा, सञ्जीत प्रताप मल्ल, उमेश सुनाम बिशाल देवकोटा, सुन्दर धिताल, बिशाल रिजाल, अर्जुन दुलाल, मनिशा ओझा, कृष्टिना बस्नेत, समायरा श्रेष्ठ लगाएतको नाटकमा अभिनय रहेको छ ।

शनिबार १८ भदौ २०७९ ०८:२२ AM मा प्रकाशित

प्रतिक्रिया