धनगढी । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता डा. भीम बहादुर रावलले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो दल पहिलो दल बन्ने दाबी गरेका छन् । आज (शुक्रबार) कैलालीको धनगढीमा सुरु भएको नेकपाको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दे डा. रावलले यस्तो बताएका हुन् ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर राजनीतिक मोडमा पुगेको बताएका छन् । धनगढीमा आयोजित सन्देश...
देश गम्भीर राजनीतिक मोडमा पुग्यो, संकट समाधान गर्न वाम–देशभक्त एकता अपरिहार्य : प्रचण्ड
सो क्रममा उनले निर्वाचन गराउनेमात्रै अहिलेको सरकारको दायित्व भएकोले त्यहीअनुसार काम गर्न आग्रह गरे । उनले भने,‘नेकपा ताजा जनादेशको लागि तयार छ । निर्वाचनबाट नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने छ । त्यो निर्वाचन भयरहित बनाउन सरकारले गोली बन्दुकहरू आफ्नो नियन्त्रण लियोस्, यो सरकार निर्वाचनको लागि मात्रै हो । निर्वाचन मात्रै गर्नुपर्छ । अरू सम्धी सम्झौता गर्न पाउँदैन । ’
रावलले अहिले जेनजीको आवाज पनि नेकपाले बोकेको दाबी गरे । तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले समस्या सृजना गरेर भागेर फेरी भक्तपुरमा पुगेर जनतालाई धम्क्याउने काम गरेको आरोप लगाए । ओलीकै कारण एमालेमा ठुलो समस्या पैदा हुँदै गएको उनको टिप्पणी थियो ।
उनले जेनजीको आवाज पनि नेकपाले बोक्ने बताएका थिए । केपी ओलीले समस्या सृजना गरेर भागेर फेरी भक्तपुरमा पुगेर जनतालाई धम्क्याउन लागेको उनको आरोप थियो । उनले ओलीकै कारण एमालेमा ठुलो समस्या पैदा हुँदै गएको बताएका थिए ।
‘नेकपा एमालेलाई बलियो बनाउन १० बुँदे सहमति भएको थियो तर त्यो पनि ओलीले च्याते । पछि फेरी सिद्धान्त विपरीत कांग्रेस विरुद्ध गठबन्धन गरेर पद बाढिचुढि खाए ’ उनले भने , ‘गठबन्धन सरकारबाट हाम्रो र देशको कार्यपालिका व्यवस्थापिका र न्यायपालिका खरानी भयो । केपी ओली त्यही खरानी घसेर जनतालाई तर्साउन खोजिरहनु भएको छ । ’
प्रतिक्रिया