×

पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी

images


काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने घटनामा मुछिएसँगै पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट टोपबहादुर र सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयानका आधारमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

बुधबार २० बैशाख २०८० ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया